[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 डन गणेश लामा पक्राउ
[VIEWED 4152 TIMES]
SAVE! for ease of future access.
Posted on 07-22-11 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 काठमाडौं–
नेपाल प्रहरीले ठगीको आरोपमा काभ्रेका गणेश लामालाई शुक्रबार पक्राउ गरेको छ । कोटेश्वरबाट पक्राउ परेका लामाविरुद्ध सातजनालाई ठगी गरेको उजुरी परेको छ । 
काठमाडौं टेकुका पवन गुप्ताको पायोनियर नेपाल नामक कम्पनीबाट सडक बनाउन प्रयोग हुने विटुमिन (अलकत्रा) गणेश लामाले आफ्नो कम्पनीका लागि लगेको, तर अलकत्रा लगेको रकमै नतिरी गुप्तालाई धम्क्याएपछि गुप्ताले प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । नेसनल सिरुवा केरेश्वर धर्म जेपी नामक कम्पनीका सञ्चालक लामाले गुप्ताको कम्पनीबाट गत वर्ष कात्तिक १४ गतेदेखि विभिन्न मितिमा पटकपटक गरी करिब २५ लाख १९ हजार २८४ रुपैयाँको अलकत्रा लगेकामा उनले सो रकम गुप्तालाई फिर्ता नगरेको उजुरीमा जनाइएको छ । 
गुप्तालाई रकम दिने भनी लामाले नेपाल बैंक लिमिटेडको चाबहिल शाखावाट भुक्तानी पाउने गरी गत वर्ष मंसिर २४ गते २१ लाख ७२ हजार भुक्तानी पाउने गरी गुप्ताको कम्पनीको नाममा चेक काटी दिएकामा सो चेकबाट रकम भुक्तानी हुन सकेको थिएन । पछि  लामाले गुप्ताकै कम्पनीले भुक्तानी पाउने गरी गत चैत १९ गते २५ लाखको चेक काटी दिएकामा  पनि सो चेकबाट भुक्तानी हुन नसकी बैंकबाट बाउन्स भएको थियो । नगदको सट्टा उनले गुप्तालाई बैंकको चेक दिएको र सो चेकबाट रकम झिक्न नमिलेपछि लामासँग रकम माग्दा लामाले अन्य व्यक्ति समेत प्रयोग गरी ज्यान लिने धम्की दिएपछि गुप्ताले सुरक्षाको माग गरी उजुरी दिएका थिए । 
 
पक्राउ परेका लामा यसअघि विभिन्न गुन्डागर्दीमा समेत संलग्न रहेको प्रंहरीले जनाएको छ । यसअघि ठूलो परिणामको रक्तचन्दनसहित पक्राउ परेका लामा राजनीतिक दवाबका कारण मुक्त भएका थिए । महागरीय प्रहरी परिसर हनुमानढोकाका प्रहरी उपरीक्षक केदार रिजालले उनीमाथि बैकिङ कसुर एवंं ठगी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । गुप्तासँगै लामाले ठगी गरेका व्यक्तिको सङ्ख्या सात पुगेको प्रहरीको दाबी छ । यसैबीच काठमाडौँ उपत्यकामा व्यापारी एवं उद्योगपतिलाई डरमा पारी जबर्जस्ती रकम असुल्ने तीनजनालाई प्रहरीले शुक्रबारै पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्लाका भोजकुमार लामा र  राजु वाईवा लामा तथा सर्लाहीका रवीन्द्र लामा भनिने आलोक लामा रहेको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Nepali Psycho
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters