एउटा जिन्दगीको कथा |
सेतो पानाको प्रकाशले flash back ल्याएर राखिदियो |
धेरै चपाएर गली सकेको
गुलियो सिद्धिएको chewing gum जस्तै जिन्दगी
कहिँ टेबलमुनि त कतै बसको सिट्मुनी टासिदै
उप्कदै,....
कहिले लम्बिनथियो त कहिले चुडिन्थियो |
ज्वर भटाले ग्रस्थ सुर्य हरेक दिन उदाउदा
दाल भात तरकारीको महाभारतमा शिखन्डी
बनी जिन्दगी..... पेट रुपी भिश्म को बध गर्न लागिपर्थ्यो ,
तेही सुर्यको बिदाइ सगै
जिन्दगी........ श्रीमतीको रित्तो भाडामा
बुढा बाउको तुना छिनेको सुरुवालमा
र लोता चुडिएको छोरीको चपलमा अभय्स्त हुने गर्थ्यो ....
फेरी पानालाई हेरे...
तेस्को प्रकाश ....
किर्ना जस्ता अक्षर ....
केहि जिन्दगीमा रङिनता छकी भनेर
खोजे........ भेटे ....
फिनेल मानौ नाकमा कोची दिएजस्तो ...
चारैतिर अशफलताको बिल्ला भिराउन
पर्खेका आँखाहरु .....
रोदन .....सेतो भित्तामा कालो दाग होकी कालो भित्तामा सेतो
छुटाउन नै मुस्किल....
र देखे .....
मैलो ओड्नेमा छरिएका रगतका बाछिटाहरु....तन्नाको बाटोहुँदै...
मानौ कुनै canvas लाई मुर्त रुप दिन लागि परेका छन....
ओहो कस्तो रंग कस्तो रौनक ...
जस्पछी त न जिन्दगी रह्यो न उसको कथा |